बलात्कार घटनाका आरोपित गिरफ्तार

  २०८१ जेठ २२

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाउँपालिका– १ का २० वर्षीय तिलक कुमाललाई ०८१ जेठ २० गते गिरफ्तार गरेको छ  ।

पीडितलाई आरोपितले भनदै ०८० चैत २८ गतेदेखि ०८१ जेठ १५ गतेसम्म बलात्कार गरेको पीडित पक्षले जेठ २० गते  उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानका लागि जेठ २१ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

पीडितको  स्वास्थ्य परीक्षण जेठ २० गते धादिङ अस्पतालमा गरिएको छ ।


सीताराम अधिकारी