बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका-८, वसडिलवाका २८ वर्षीय अलि हुसेन मुसलमानलाई प्रहरीले ०८१ जेठ १४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते भिम अस्पताल, भैरहवामा भयो ।


रीमा बिसी