बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-७ घर भई पाल्पामा कवाडीको काम गर्ने २७ वर्षीय मुकेश महतोलाई प्रहरीले ०८१ जेठ १३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते पाल्पा अस्पतालमा भयो ।


यज्ञमूर्ति तिमिल्सिना