बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका-५ का २६ वर्षीय अमृत सुहाङलाई जेठ ५ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०८१ वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानको लागि जेठ ५ गते हिलिहाङ गाउँपालिका-५ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिवश कुवरले बताउनु भयो ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ४ गते गरिएको छ ।


इवारा जवेगु लिम्बू