बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १६ सिरवानी घर भई गोदावरी नगरपालिका–१० टाहाखेल बस्ने  ३१ वर्षीय सन्तोस राईलाई ०८१ वैशाख १६ गते प्रहरीले गिरफ्तार  गरेको छ ।

पीडितलाई आरोपितले ०८१ वैशाख १ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख २ गते प्रहरी वृत्त, चापागाउँमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा आरोपितको खोजी गर्ने क्रममा उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १४ सिरवानी घरबाट गिरफ्तार  गरी ललितपुर ल्याइएको प्रहरी परिसर, ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा वैशाख २ गते गरिएको अस्पतालका डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।


दीपकप्रसाद घिमिरे