बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–६ का २८ वर्षीय जगरनाथ राय यादवलाई ०८१ वैशाख १३ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई ०८० माघ ३ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै माघ १० गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

आरोपितलाई वैशाख १३ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ११ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।


बुधन साह