बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका– ८ का २१ वर्षीय बिशाल श्रेष्ठलाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० भदौ ५ गते पीडित घरमा गएर बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १५ गते इलाका प्रहरी कार्यालय, नवलपुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा अरोपितलाई इन्द्रावती गाउँपालिका–४ स्थित नवलपुर बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते प्राथमिक स्वास्थ्य केन्द्र, नवलपुरमा गरिएको थियो  ।


नातिबावु धिताल