बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरले चौतारा सागाचोकगढी नपा–२ बतासेका ३२ वर्षीय बिकु थापालाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ४ गते पीडितकै घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले वैैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ६ गते चौतारा अस्पतालमा गरिएको छ ।


नातिबावु धिताल