बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ वैशाख ९ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रम्भा गाउँपालिका-२ का ४८ वर्षीय अमर बहादुर सारुलाई प्रहरीले ०८१ वैशाख ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० कात्तिक १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ७ गते पाल्पा अस्पतालमा भयो ।


यज्ञमूर्ति तिमिल्सिना