बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका–८ का २३ वर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले ०८१ वैशाख ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७९ चैत २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ वैशाख ७ गते इलाका प्रहरी कार्यालय, बारबर्दियामा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर मनिस श्रेष्ठले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ७ गते बर्दिया अस्पताल, गुलरियामा भयो ।


प्रकाश पौडेल