बलात्कार घटनाका आरोपित गिरफ्तार

  २०८१ वैशाख ७

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भिमसेन थापा गाउँपालिका– १ मसेलका ४५ वर्षीय कुलमान बरामलाई प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ ।

शारिरिक तथा मानसिक रुपमा अपाङ्गता भएकी महिलालाई ०८० फागुन २३ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । घटना पछि आरोपित फरार रहेपछि खोजतलासको क्रममा वैशाख ६ गते भिमसेन थापा– ६ मसेलबाट आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।

आरोपित विरुद्ध फागुन २४ गते बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि प्रहरीले गिरफ्तारका लागि अनुमति लिएको थियो ।

आरोपित विरुद्ध वैशाख ७ गते जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाको अनुसन्धान भइरहेको डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २४ गते गोरखा अस्पतालमा भएको थियो ।


हरिराम उप्रेती