बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–४ का २६ वर्षीय अरविन्द दासलाई ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।

पीडितको घरमा कोही भएको अवस्थामा आरोपितले ०८० फागुन २९ गते पीडितलाई धाक धम्की दिई बलात्कार गरेको भन्दै चैत २२ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ चैत २३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

आरोपितलाई ०८१ वैशाख ४ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।


बुदन साह