बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–११ गम्हरीया का २४ वर्षीय दिपेन्द्र कुमार यादवलाई ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई ०८० चैत ६ गते पीडितको घर पछाडि फुलबारीमा बोलाई सुन दिने लोभ देखाई, धाक धम्की दिई बलात्कार गरेको भन्दै चैत २२ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

आरोपितलाई वैशाख ४ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट तीन दिनेको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।


बुदन साह