बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ वैशाख ४ गते

स्पष्टसँग बोल्न नसक्ने १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौशला नगरपालिका–७ जमुनिया का ५६ वर्षीय गिरीदेव चौधरीलाई ०८१ वैशाख ४ गते इलाका प्रहरी कार्यालय गौशालाले गिरफ्तार गरेको छ ।

घरमा एक्लै बसीरहेको पीडितलाई वैशाख ३ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपित विरुद्ध उजुरी दर्ता भए लगत्तै चौधरीलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको र पीडितको स्वास्थ्य परिक्षण गौशाला प्रथमिक स्वास्थ्य केन्द्रमा वैशाख ४ गते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


ममता विश्वकर्मा