बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ वैशाख १ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-५ का ३१ वर्षीय रोशन गोतामेलाई चैत ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिनु भयो ।

पीडित बालिकाले चैत ३० गते जिल्ला प्रहरी कार्यालयमा आरोपितविरूद्ध उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ३० गते त्रिशूली अस्पतालमा भएको प्रहरीले जनाएको छ ।


नवदीप श्रेष्ठ