बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौकुण्ड गाउँपालिका–१ का २० वर्षीय  लाक्पा घलेलाई चैत २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० चैत १९ गते  बलत्कार गरेको भन्दै पीडितका बुवाले चैत २० गते जिल्ला प्रहरी कर्यालयमा उजुरी दिनु भएको थियो ।

उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केशव भट्टराइले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण चैत २० गते जिल्ला अस्पतालमा गरिएको छ ।


हेमनाथ खतिवडा