बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई ०८० फागुन ८ गते बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाकाे पलाता गाउँपालिका–२ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–६ का १९ वर्षीय सन्देश विश्वकर्मालाई प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपितलाई वीरेन्द्रनगर नगरपालिका –६ भैरवस्थानबाट गिरफ्तार गरी चैत १८ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएकोे  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

पीडित बालिकाको फागुन १० गते प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


जगतदल जनाला विक