बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० चैत १८ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भई हाल व्यास नगरपालिका–१० डिहिगाउँ बस्ने ३० वर्षीय रघु विकलाई प्रहरीले ०८० चैत १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका इन्स्पेक्टर मोहन खड्काले बताउन भयो । आरोपितलाई अनुसन्धानको लागि जिप्रकाको थुनामा राखिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते दमौली अस्पतालमा गरिएको छ ।


प्रकाशचन्द्र भट्टराई