बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-१८, बञ्जरीयाका २८ वर्षीय विष्णु मल्लालाई प्रहरीले ०८० चैत १६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भयो ।


नारायण पराजुली