बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई प्रहरीले ०८० चैत ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ९ गते दिउँसो बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ११ गते पाल्पा अस्पतालमा भयो ।


यज्ञमूर्ति तिमिल्सिना