बलात्कार घटनाका आरोपित गिरफ्तार

  २०८० फागुन २७

मानसिक स्वास्थ्य अवस्था असामान्य भएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–६ का ३७ वर्षीय रूद्रबहादुर तामाङलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बालीस्टार सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २५ गते गरिएको छ ।


सरस्वती बानियाँ