बलात्कार घटनाका आरोपित गिरफ्तार

  २०८० फागुन १९

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–८ का ६२ वर्षीय देन्डु शेर्पालाई फागुन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० फागुन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बालीस्टार सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १८ गते गरिएको छ ।


सरस्वती बानियाँ