बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन १८ गते

२८ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका सिरहा नगरपालिका—१४ का २७ वर्षीय सुमनकुमार साहलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० फागुन १७ गते गिरफ्तार गरेको छ ।

आरोपितले मङ्सिर २१ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा मङ्सिर २४ गते उजुरी दिएको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा मङ्सिर २४ गते भयो ।

घटना पश्चात आराेपित फरार रहेकाेले खोज तलासकाे क्रममा गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।


दुर्गा परियार