बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन १६ गते

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय बालकलाई ०८० फागुन १५ गते गिरफ्तार गरेको छ ।

सुस्तमनस्थिति भएकी महिलालाई आरोपितले फागुन १४ गते बलात्कार गरेकोले आरोपित विरुद्ध फागुन १५ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिएको पीडितका बुबाले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई फागुन १५ गते घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, लम्की मुद्दा शाखाका हवल्दार सुरबहादुर देउवाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।


मैनामोती चौधरी