बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन १६ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका-१ का १६ वर्षीय बालकलाई प्रहरीले ०८० फागुन १५ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी होमबहादुर पराजुलीका अनुसार पीडित बालिकालाई फागुन १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते मन्थली अस्पतालमा भयो ।


नवराज घिमिरे