बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन १५ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका– १८ घर भई हाल काठमाडौं महानगरपालिका– ४ बालुवाटार बस्ने ३२ वर्षीय प्रदिप लामा लोप्चनलाई प्रहरीले फागुन १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई माघ २१ गते काठमाडौंबाट भगाई गोरखाको पालुङटार नगरपालिका– ५ ल्याएर फागुन १ गते देखि ६ गते सम्म बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन १० गते जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालिमाटी काठमाडौंमा उजुरी दिनुभएको थियो ।

सोहि उजुरीका आधारमा आरोपित लामालाई गिरफ्तार गरि काठमाडौं प्रहरीले फागुन १४ गते गोरखा पठाएको छ ।

आरोपित विरुद्ध फागुन १४ गते जिल्ला अदालतमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरि म्याद थप अनुमति लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १४ गते गोरखा अस्पतालमा भएको छ ।


हरिराम उप्रेती