बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन १४ गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मिर्चैया नगरपालिका–९ का २४ वर्षीय विजयकुमार महतोलाई इलाका प्रहरी कार्यालय लहानले ०८० फागुन १२ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई पुस १८ गते बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा पुस १९ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस १९ गते भएको थियो ।

घटना पश्चात आराेपित फरार रहेकाले खोज तलास गरी गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।


दुर्गा परियार