बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन १० गते

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका-१ का ३३ वर्षीय पेम्वा शेर्पालाई फागुन ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० फागुन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ९ गते इलाका प्रहरी कार्यालय, मानेभञ्याङ्गमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि सूर्योदय नगरपालिका-१ बाट अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १० गते गरिएको छ ।


मनोज अधिकारी