बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भुम्लु गाउँपालिका-६ का ५३ वर्षीय जीतबहादुर पहरीलाई प्रहरीले ०८० फागुन ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले घाँस काट्न गएको समयमा बारीको कान्लामा अडाएर बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।

पीडित बालिका लामो समयदेखि मामाघरमा बस्दै आएकोमा ०८० फागुन ६ गते घरमा फर्किएर आफू बलात्कृत भएको कुरा अभिावकलाई बताउनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते धुलिखेल अस्पतालमा भयो । आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिइएको डिएसपी श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।


सुमित्रा आचार्य