बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन ७ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुलीको मरिन गाउँपालिका-७ का ४८ वर्षीय हरि श्रेष्ठलाई प्रहरीले ०८० फागुन ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

सोही उजुरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको डिएसपी भण्डारीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन ५ गते हेटौँडा अस्पतालमा भयो ।

उहाँका आनुसार आरोपितलाई फागुन ६ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


पुष्पराज अधिकारी