बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन ५ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका-५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई फागुन ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० फागुन ४ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि उर्लाबारी नगरपालिका-३ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रन्जन कुमार दाहालले बताउनु भयो ।

पीडित पक्षले आरोपितविरूद्ध फागुन ५ गते इलाका प्रहरी कार्यालय, उर्लाबारीमा उजुरी दिएको प्रहरीले जनाएको छ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा फागुन ४ गते गरिएको छ।


विनोद सुवेदी