बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन १ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापालाई ०८० माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपित विरुद्ध माघ २९ गते ईलाका प्रहरी कार्यालय, जोगबुडामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका इन्स्पेक्टर कुसुम नायकले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०८० माघ ६ गते बलात्कार गरेको भएपनि घटनाका बारेमा पीडित परिवारलाई जानकारी नभएको र बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि माघ २८ गते बालिकाको स्वास्थ्य उपचार गर्ने आफन्तले जोगबुडा अस्पताल लगेका थिए ।

उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशंका गरेपछि मात्रै पीडित पक्षले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले बालिकालाई सोधपुछ गर्दा आफूमाथि बलात्कार गरेको बालिकाले बताएकी थिएन् ।

पीडित बालिकाको स्वास्थ्य उपचार तथा स्वास्थ्य परीक्षण माघ २९ गते जोगबुडा अस्पतालमा गरिएको छ ।


शेरबहादुर भण्डारी