बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० माघ २९ गते

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका-११ स्थित महादेवटारका ३५ वर्षीय दिपक माझीलाई प्रहरीले ०८० माघ २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २५ गते बेलुकी घरमा कोही नभएको अवस्थामा पीडितकै घरमा बलात्कार गरेको पीडितको आरोप छ ।

पीडितले माघ २७ गते इलाका प्रहरी कार्यालय, नवलपुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालयको मुद्दा शाखाका वरिष्ठ प्रहरी हवल्दार सुब्बा विकले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २७ गते चौतारा अस्पतालमा भयो । वरिष्ठ प्रहरी हवल्दार विकका आनुसार आरोपितलाई माघ २८ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


नातिबावु धिताल