बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० माघ २६ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई  माघ २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले बिहे गर्छु भन्दै पटक पटक बलात्कार गरेको र अन्तिम पटक माघ २१ गते बलात्कार गरेको र बलात्कारबाट चार महिनाको गर्भ रहेको भन्दै पीडित पक्षले माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी जनकबहादुर मल्लले बताउनु भयो ।

बालिका हारएको भन्ने खबर थाहा पाए पछि खोजतलास गर्दा आरोपितले घरमै लगेर राखेको पाइएपछि पीडित पक्षले प्रहरीमा खबर गरेका थिए ।

पीडितको स्वास्थ्य परीक्षण माघ २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।


जयनाराण पुन