बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका– ९ जोकबारे निवासी २९ वर्षीय जयकरण ठाडीलाई माघ २५ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २४ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले बताउनु भयो ।

घरमा कोही नभएको बेला आरोपितले बलात्कार गरेको पीडितका आफन्तले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २४ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण पराजुली