बलात्कार घटनाका आरोपित गिरफ्तार

७४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१४ का ४५ वर्षीय यामप्रसाद चालिसेलाई चैत १३ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले अस्थायी प्रहरी पोष्ट गोठीकाँडामा चैत १३ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण क्षेत्रीय अस्पताल सुर्खेतमा चैत १३ गते गरिएको छ ।


दुर्गा थापा