बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० माघ १२ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका- ८ खुडीका ४४ वर्षीय अनके लोहोरुङ राईलाई माघ ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० माघ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय, भेडेटारमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ९ गते गरिएको छ ।


ईश्वर थापा