बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० माघ ११ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका-२ का ६० वर्षीय कृष्णबहादुर खड्कालाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ ९ गते साँझ घर नजिकैको बाटोमा बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १० गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी निरञ्जन भट्टराइले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १० गते प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा भयो ।


नातिबावु धिताल