बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षाीया बालिकालाई बलात्कार गरेको आरोपमा महागढीमाई नगरपालिका-२ नयका टोलाका ३० वर्षीय आकाश मण्डललाई जिल्ला प्रहरी कार्यालय बाराले ०८० पुस २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई पुस २८ गते बलात्कार गरेको आरोपमा सोही दिन पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल कलैयामा पुस २८ गते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्योपानेले बताउनु भयो ।


धिरेन्द्र प्रसाद बरै