बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० पुस १६ गते

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिमाली गाउँपालिका–३ का २६ वर्षीय जंग बुढालाई ०८० पुस १३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई पुस १० गते राति बलत्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर किशोरसिंह ऐरीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १३ गते  जिल्ला अस्पताल, बाजुरामा गरिएको छ ।


पदमबहादुर सिंह