बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका-६, खिम्तीका २२ वर्षीय अम्बरबहादुर कडरियालाई प्रहरीले ०८० पुस ३ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी होमबहादुर पराजुलीका अनुसार विद्यालयबाट पढेर घर फर्कँदै गर्दा पीडित बालिकालाई पुस ३ गते डल्ले चौताराको बाटो नजिकै जङ्गलमा बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते मन्थली अस्पतालमा भयो ।


नवराज घिमिरे