बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा मिथिला नगरपालिका-३ का ३६ वर्षीय कोसत्रोधन महत्तो र सोही ठाउँका २६ वर्षीय तिलक कुमार महत्तोलाई प्रहरीले ०८० पुस ४ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालका अनुसार आरोपितहरूलाई कमलामाई नगरापलिका-९, भिमानबाट गिरफ्तार गरिएको हो । आरोपितहरूले बालिकालाई घुम्न जाउँ भनी भिमान स्थित एक होटलमा खाजा खाने बाहानामा पुस २ गते होटलको कोठामा राखि बलात्कार गरेको पीडितको भनाई छ । आरोपितहरू विरुद्ध पीडित पक्षले पुस ३ गते इलाका प्रहरी कार्यालय, भिमानमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ४ गते सिन्धुली अस्पतालमा भयो ।

डिएसपी दाहालका अनुसार सिन्धुली जिल्ला अदालतबाट पुस ४ गते पाँच दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।


नबिनबाबु अधिकारी