बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिका-७ घर भई फुङलिङ नगरपालिका-२ बस्ने ३३ वर्षीय रामकुमार राईलाई चैत ८ गते साँझ गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी दिए लगत्तै अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ८ गते जिल्ला अस्पतालमा गरिएको छ । अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात प्राप्त रिपोर्टमा बालिकाको गर्भ करिब ४ महिनाको रहेको पाइएको प्रहरीले जनायो ।


देवराज गुरुङ