बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लिखु तामाकोसी गाउँपालिका-५ का ६९ वर्षीय ससुरालाई प्रहरीले ०८० पुस २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० जेठ ८ गते र अन्तिम पटक असार २८ गते बलात्कार गरेको भन्दै पीडितले असार २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण सोही दिन मन्थली अस्पतालमा भयो ।

प्रहरीमा उजुरी परेपछि तामाङ फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।


नवराज घिमिरे