बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० मङ्सिर २२ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि विर्तामोड नगरपालिका-५ शनिश्चरेबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा मङ्सिर २१ गते गरिएको छ ।


नरेश खाती