बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० मङ्सिर १९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्व मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण मङ्सिर १७ गते प्रादेशिक अस्पताल कलैयमा भएको छ ।

पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।


धिरेन्द्र प्रसाद बरै