बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० कात्तिक १८ गते

१३ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका- ५ का ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय रामबहादुर कटुवाललाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले ०८० कात्तिक १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्द जिल्ला प्रहरी कार्यालयमा कात्तिक १५ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि लेगुवाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १६ गते गरिएको छ ।


ईश्वर थापा