बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० कात्तिक १४ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका-१ का ३६ वर्षीय पदम भुजेललाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई युवतीलाई आरोपितले ०८० असोज २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई खाँदबारी नगरपालिका बजार क्षेत्रबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १२ गते गरिएको छ ।


भविन कार्की