बलात्कार  घटनाका आरोपित गिरफ्तार

  ०८० कात्तिक १२ गते

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–२ ओयाक्जुङ्गका ५० वर्षीय सुवासचन्द्र सिङ्गकलाई कात्तिक १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७८ भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व  सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–५ बाट अनुसन्धानका लागि गिरफ्तार जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ भदौ १८ गते गरिएको थियो ।


सुरेश खत्री