बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० असोज ३० गते

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका-३ पुठाका २३ वर्षीय फुरी शेर्पालाई असोज २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० असोज १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बालीस्टार सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २९ गते गरिएको छ ।


सरस्वती बानिया